जब कसैको प्रेमिकाका लागि फिल्मबाट निकालिएकी थिइन् प्रियंका

नेपालभ्युज

जब कसैको प्रेमिकाका लागि फिल्मबाट निकालिएकी थिइन् प्रियंका

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा अहिले संसारभर नै चर्चित छन् । उनी अहिले बलिउडभन्दा धेरै हलिउडतिरै व्यस्त रहन्छिन् ।

प्रियंकाले थुप्रै ब्लकबस्टर फिल्ममा काम गरेकी छन् । उनी आफैँले फिल्मबाट निकालिएकोबारे खुलासा गरेकी छन् । प्रियंकाले खुलासा गरिन् कि कयौं फिल्मबाट उनलाई निकालिने गरिन्थ्यो ।

प्रियंकाले भनिन्, “मैले कयौं कारणले गर्दा फिल्म उद्योगमा अस्वीकार झेलेकी छु । कसैको प्रेमिकाका लागि मलाई फिल्मबाट बाहिर निकालियो ।”

उनले भनिन्, “यो सबै देखिसकेपछि धेरै पहिले नै म शान्त भइसकेकी थिएँ ।”

प्रियंकाले पहिले पनि आफूले फिल्म उद्योगमा झेल्नु परेका समस्या बारे बताएकी थिइन् । उनले धेरैपटक आफूलाई अस्वीकार गरिएको मानिसकेकी छन् ।

तर, कुन फिल्ममा कसको प्रेमिकाका लागि उनलाई निकालिएको थियो भन्ने प्रियंकाले खुलाएकी छैनन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved