नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको दोस्रो टी – २० हुँदै

नेपालभ्युज

नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको दोस्रो टी – २० हुँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज वेष्ट इण्डिज ‘ए’ सँग मैत्रिपूर्ण टी–२० को दोस्रो खेल खेल्दैछ ।

खेल दिउँसो सवा १२ बजे कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुनेछ । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको छ ।

आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीकालागि अभ्यास खेलका रुपमा प्रतियोगिता भएको हो ।

आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेष्ट इण्डिजमा हुँदैछ ।

टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यो समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन् । वेष्ट इण्डिज भने समूह ‘सी’ मा छ । यो समूहमा न्युजिल्याण्ड, अफगानिस्तान, पपुवा न्यूगिनी र युगाण्डा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved