जब ६० वर्षिया रोड्रिग्वेजले मिस युनिभर्स ब्युनस आयर्सको उपाधि जितिन्

नेपालभ्युज

जब ६० वर्षिया रोड्रिग्वेजले मिस युनिभर्स ब्युनस आयर्सको उपाधि जितिन्

काठमाडौं । ६० वर्षको उमेरमा वकिल तथा पत्रकार एलेजान्ड्रा मारिसा रोड्रिग्वेजले मिस युनिभर्स ब्यूनस आयर्सको ताज जितेकी छन् ।

ताज पहिरिएपछि उनले भनिन्, ‘म यो सुरूवात गर्ने पहिलो पुस्ताबाट हुँ ।’

रोड्रिग्वेजले ६० वर्षको उमेरमा मिस युनिभर्स ब्युनस आयर्सको उपाधि जितेर इतिहास रचेकी छिन् । यसअघि कसैले पनि उक्त उमेरमा उपाधि जितेको थिएन ।

रोड्रिग्वेजले भनिन्, ‘म सौन्दर्य प्रतियोगितामा नयाँ युगको प्रतिनिधित्व गर्न पाउँदा उत्साहित छु । आज हामी एक नयाँ सुरूवात गर्दैछौं, जहाँ महिलाहरू अब शारीरिक सौन्दर्यमा मात्र सीमित छैनन्।’

रोड्रिग्वेजले आफ्नो भावी योजनाको बारेमा बताउदै भनिन्, ‘मिस युनिभर्स अर्जेन्टिना २०२४ मा सहभागी हुन पाउँदा म उत्साहित छु।’

यसअघि १८ देखि २८ वर्षसम्मका महिलाले मात्रै यस प्रतियोगितामा भाग लिन पाउँथे ।

सन् २०२३ सेप्टेम्बरमा मिस युनिभर्स संगठनले प्रतियोगिताहरूमा भाग लिनको लागि उमेर सीमा हटाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved