मुलुकभर आंशिक बदली, कोशी सहितका प्रदेशमा मेघगर्जन सहित वर्षा

नेपालभ्युज

मुलुकभर आंशिक बदली, कोशी सहितका प्रदेशमा मेघगर्जन सहित वर्षा
फाइल तश्वीर

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।

जसका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही गण्डकी प्रदेशका केही स्थान साथै बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का देखी मध्यम वर्षा भइरहेको छ । बाँकी भू–भागमा भने आंशिक बदली देखी मौसम मुख्यतया मौसम सफा रहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको साथै बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १६ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३१ दशमलव ५ डिग्री सम्म पुग्ने अनुमान गरिएको छ । गएको २४ घण्टामा काठमाडौंमा २ मिलिमिटर वर्षा भएको छ ।

सबै भन्दा धेरै ताप्लेजुङ र धनकुटामा ७ दशमलव ८ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved