रास्वपाले संसदीय दलको बैठक बोलायो, बजेट अधिवेशनका विषयमा छलफल गर्ने

नेपालभ्युज

रास्वपाले संसदीय दलको बैठक बोलायो, बजेट अधिवेशनका विषयमा छलफल गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । बैठक बिहान ८ बजे बस्नेछ ।
बैठकमा प्रमुख प्रतिपक्षी दल लगायतले उठाइरहेको माग तथा संसद्को बजेट अधिवेशनमा पार्टीको भूमिका लगायतका विषयमा छलफल हुने सांसद गणेश पराजुलीले बताए ।

संसद्को बजेट अधिवेशन यही वैशाख २८ गतेलाई आह्वान गरिएको छ । कांग्रेसले सहकारी अपचलनका विषयमा छानबिन गर्न संसदीय समितिको माग गर्दै आएको छ ।

समिति नबनेसम्म बजेट अधिवेशन चल्न नदिने कांग्रेसले बताइरहदा रास्वपाको आगामी भूमिकाका विषयमा पनि छलफल गर्ने सांसद पराजुलीले बताए ।

सहकारी अपलचनमा पार्टी सभापति एवं रवि लामिछानेमाथि नेपाली कांग्रेसले निरन्तर प्रश्न उठाउदै आएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved