मातातीर्थमा आजदेखि मेला सुरु, कुण्डमा स्नान र पूजा गर्नेको चहलपहल

नेपालभ्युज

मातातीर्थमा आजदेखि मेला सुरु, कुण्डमा स्नान र पूजा गर्नेको चहलपहल

काठमाडौं ।  आमाको मुख हेर्ने औँसीका दिन चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा लाग्ने मेला आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष औंसीका बेला त्यहाँ मेला लाग्दै आएको छ ।

मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले आजदेखि मेला सुरु भएको बताए । मातातीर्थ मेलामा आज साँझ बत्ती बाल्ने र भोलि औँसीका दिन आमाको मुख हेर्ने तथा स्नान गर्ने परम्परा छ । त्यसैले अघिल्लो दिनदेखि सो क्षेत्रमा मेला लाग्ने गर्छ ।

सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको मातातीर्थ कुण्डमा पछिल्लोपटक श्राद्ध गर्नेको संख्या बढ्दै गएको छ । दिवंगगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न आउनेले गर्दा ठूलो मेला लाग्ने गरेको हो ।

उनीहरूले मातातीर्थ कुण्डमा स्नान र पूजा गर्ने गर्छन् ।

मातातीर्थ कुण्डमा दर्शन गरेमा छोराछोरीले दिवंगगत आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास गरिन्छ ।

मेला सम्पन्न गर्न मूल समिति, बजार व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति, पार्किङ व्यवस्थापन उपसमिति, ज्येष्ठ नागरिक दर्शन उपसमिति गठन गरी व्यवस्थापन गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved