झापासहित आज ७ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै

नेपालभ्युज

झापासहित आज ७ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै

काठमाडौं । सरकारले आज विभिन्न ७ जिल्लाका नागरिकलाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउदैछ । सात जिल्लाका ५० लाख ७८ हजारलाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यस वर्ष झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइलेविरुद्धको औषधी खुवाइने छ ।

अहिलेसम्म ५३ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने कार्यक्रम सफल भइसकेको मन्त्रालयको भनाई छ ।

कपिलवस्तु र झापामा भने सफल हुन नसकेको भन्दै मन्न्त्रालयले फेरि औषधी खुवाउने कार्यक्रम राखेको हो । यस वर्ष कार्यक्रमका लागि सरकारले १२ करोड रुपियाँ विनियोजन गरेको छ । सो रकममध्ये ११ करोड रुपियाँ स्थानीय तहमा निकासा भइसकेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved