मण्डला थिएटरमा ‘टिकट टु हलिउड’ र ‘बाखाम्मा’

नेपालभ्युज

मण्डला थिएटरमा ‘टिकट टु हलिउड’ र ‘बाखाम्मा’

काठमाडौं। थापागाउँ स्थित मण्डला थिएटरमा दुई नाटक ‘टिकट टु हलिउड’ र ‘बाखाम्मा’ मञ्चन हुँदैछ।

थिएटरको मण्डला स्टुडियोमा वैशाख ८ गतेदेखि नाटक ‘टिकट टु हलिउड’ मञ्चन भइरहेको छ भने थिएटरको मण्डला नाटक घरमा वैशाख १४ गतेदेखि ‘बाखाम्मा’ मञ्चन हुँदैछ।

सागर खाती कामीको लेखन, निर्देशन तथा परिकल्पनामा बनेको नाटक ‘टिकट टु हलिउड’ मा बिदेसिने युवाहरूको कथालाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ।

वैशाख २३ गतेसम्म मञ्चन हुने नाटकमा कलाकारहरू मिलन कार्की र सुदीप खतिवडाले मुख्य भूमिकामा अभिनय गरेका छन्। नाटक सोमबार बाहेक हरेक दिन ४ बजे र शुक्रवार, शनिवार अनि आइतबार रात्रि शो ७:३० बजे मञ्चन हुँदैछ।

यसैगरी मण्डला नाटक घरमा साहित्यकार राजन मुकारुङको नाटक ‘बाखाम्मा: मुन्दुममा मान्छे’ वैशाख १४ गतेदेखि मञ्चन हुने भएको छ। किरण चाम्लिङको निर्देशन र केन्द्र मोसन पिक्चर्सको प्रस्तुतिमा तयार भएको नाटकमा किराँत सभ्यता, संस्कृति र इतिहासको पाटोलाई समेटिएको छ।

सार्वजनिक भएको नाटकको पोस्टरमा कलाकारहरू वेदना राई र एलिसा राईलाई देखाइएको छ। यो नाटक सोमबार बाहेक हरेक दिन साँझ ५:३० बजे र शनिवार दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved