मण्डला थिएटरमा ‘पगला घोडा’ (तस्वीरहरु)

मण्डला थिएटरमा ‘पगला घोडा’ (तस्वीरहरु)

काठमाडौ। भारतीय रङ्गमञ्चका सबैभन्दा प्रभावशाली नाटककार बादल सरकारद्वारा लिखित नाटक  ‘पगला घोडा’ को थापागाउँ स्थित मण्डला थिएटरमा मञ्चन सुरु भएको छ।  थिएटर आकारको निर्माणमा पौष १२ गतेदेखि मञ्चन सुरु भएको यस नाटकलाई शिव खाड ठकुरीले नेपालीमा अनुबाद गरेका छन्।

बादल सरकारको यो प्रसिद्ध नाटक ’पगला घोडा’ले साधारण पात्रहरू बीच एकदम रोचक ढङ्गबाट तिनका गाँजिएका सम्बन्धको भूत र वर्तमान समयको उजागर गरेको छ। यो नाटक महिला र पुरुषको सम्बन्ध र पितृसत्तात्मक समाजमा महिलाको स्थान कस्तो छ भन्ने विषयमा केन्द्रित छ।

नाटकले आत्महत्या समाधान होइन, बाँचे सबथोक गर्न सकिन्छ भन्ने विषयमा बुझाउने प्रयत्न गरेको छ।

संसारका धेरै भाषाहरूमा मञ्चन भैसकेको नाटक “पगला घोडा“ लाई घनश्याम श्रेष्ठले परिकल्पना तथा निर्देशन गरेका छन्।

आशान्त शर्माको आलेख तथा सुपरिवेक्षण रहेको नाटकमा आशान्त शर्मा, प्रमोद अग्रहरी, विजय ताम्राकार, बिम्ब अधिकारी र मलिका महतको अभिनय रहेको छ।

चलचित्र अभिनयबाट पहिलो पटक थिएटरमा आएकी मलिका महतले यो नाटकमा ४ वटा फरक भूमिकामा अभिनय गरेकी छिन् । १ घण्टा ४५ मिनेट समयावधि रहेको नाटक माघ ६ सम्म सोमबार बाहेक हरेक दिन साँझ ५ बजे मञ्चन हुनेछ। शनिबार भने दिउँसो १ः३० बजे अतिरिक्त शो समेत मञ्चन हुनेछ।

थप तस्वीरहरुः–


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved