बझाङ-१ बाट प्रदेश सभामा एमालेका दमन भण्डारी विजयी

नेपालभ्युज

बझाङ-१ बाट प्रदेश सभामा एमालेका दमन भण्डारी विजयी

काठमाडौं । उपचुनावअन्तर्गत बझाङ प्रदेश सभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् ।

नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पछि पार्दै भण्डारीले बाजी मारेका हुन् ।

भण्डारीले ११ हजार ६ सय १३ मत ल्याउँदा सिंहले ११ हजार ३ सय ४६ मत पाए । भण्डारीले २ सय ६६ मतान्तरले जितेका छन् ।

उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ३ हजार ८ सय ३१ मत पाएका छन् । त्यस्तै, एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved