शिल्पीमा नगरकोटीको ‘जे थर्टी-थ्री’ (तस्वीरहरु)

शिल्पीमा नगरकोटीको ‘जे थर्टी-थ्री’ (तस्वीरहरु)

काठमाडौ। जङ्गबहादुर र अंगरक्षक अतिथि महलबाट निस्किए। अंगरक्षकको हातमा चाँदीको किस्ती थियो । अनि किस्तीमा हिराको हार। हिराको हार मखमली रूमालमा छोपिएको थियो ।

यो दृश्य, कुमार नगरकोटीको शनिबार बिमोचित ग्राफिक्स नोबेल ‘जे थर्टी-थ्री’ भित्रको एक अंशको हो।

बत्तिसपुतलीमा रहेको शिल्पी थिएटरमा निर्देशक घिमिरे युवराज(Ghimire Yubaraj)को परिकल्पना तथा निर्देशनमा नगरकोटीको नयाँ उपन्यास ‘जे थर्टी-थ्री’ को एक अंशलाई नाट्य रुपान्तरण गरि शनिबार मञ्चन गरियो।

उपन्यास बिमोचनको कार्यक्रममा करिब एक घन्टा लामो नाटक समेत मञ्चन गरिएको हो। उपन्यासकार नगरकोटीका अनुसार जङ्गबहादुर राणा र रोयल ब्यालेरिना क्यालिस्टा ब्राउन बिच इतिहासमा कहिल्यै नलेखिएको प्रेमको कथा र गाथा ‘जे थर्टी-थ्री’मा समावेश गरिएको छ।

जङ्गबहादुरले हिराको हार ब्यालेरिनाको गलामा लगाइदिँदै भने, “स्वप्निल पुरूषद्वारा एक स्वप्निल स्त्रीलाई टक्र्याइएको हिराको स्वप्निल हार यो गलामा कस्तो सुहाएको !” ब्यालेरिना मुस्कुराइन्। उपन्यास यस्तै कथा र ग्राफिक्सले भरिएको छ।

रुपान्तरण गरिएको नाटकमा शुलक्षण भारती, पवित्र खड्का, सुमित भण्डारी, ग‍ोविन्द ओली, शुशीला विश्वकर्मा, धनराज सुनार, सुनिता गाहा मगर र जयप्रकाश ताजपुरियाले अभिनय गरेका थिए।

तस्वीरहरु:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved