मण्डलामा ‘आकाशको बाटो’ को मञ्चन सुरू (तस्वीरहरू)

मण्डलामा ‘आकाशको बाटो’ को मञ्चन सुरू (तस्वीरहरू)

काठमाडौं। थापागाउँ स्थित मण्डला थिएटरमा चैत २ गतेदेखि नाटक ‘आकाशको बाटो’ को मञ्चन सुरू भएको छ।

मण्डला थिएटर ल्याब १३ औँ ब्याचका बिद्यार्थीहरुको अभिनय रहेको नाटकलाई प्रदीप कुमार चौधरीले लेखन तथा निर्देशन गरेका छन् ।

‘आकाशको बाटो’ नेपाली सामाजिक यथार्थपरक घटनामा आधारित नाटक हो। नेपाली समाजमा व्याप्त बेरोजगारी र आर्थिक अभावको कारणले नेपाली युवाहरू आकाशको बाटो भएर विदेश जाने चलन प्रथाकै रूपमा स्थापित हुँदै गइरहेको र त्यसले समाजमा निम्त्याएको प्रभाव र परिवर्तनको बारे नाटकमा देखाइएको छ।

यही चैत १८ गतेसम्म मञ्चन हुने नाटकमा सोहित रावल, सुशन बस्नेत, समस्ती राई , प्रमीला राई , मेलिना चाम्लिङ राई , आकृति के.सी, झरना चोखाल, बिपना बस्नेत , दिया दुमी राई , कृष्ण गुरुङ, कोहिनुर विश्वकर्मा, मञ्जिल श्रेष्ठ , दीपक श्रेष्ठ , विजय तामाङ, मान बहादुर हिराङ साम्पाङ राई, सुशान्त पन्त , जीवन ठाकुर, प्रविन तामाङ, रविन साहशंकर, मनोज केसी, मुकेश पाण्डे, प्रभात आङ्गबो लिम्बु, शीतल वाग्ले को अभिनय रहेको छ।

मण्डला स्टुडियोमा मञ्चन भइरहेको नाटक सोमबार बाहेक हरेक दिन बेलुका ४ बजे र शनिवार दिउँसो १२:३० बजे अतिरिक्त शो मञ्चन हुनेछ।

तस्वीरहरू:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved