बझाङ : मतगणना अन्तिम चरणमा पुग्दा भण्डारी र सिंहबीच कडा टक्कर

नेपालभ्युज

बझाङ : मतगणना अन्तिम चरणमा पुग्दा भण्डारी र सिंहबीच कडा टक्कर

काठमाडौं । बझाङ उपनिर्वाचनको मत गणनामा नेकपा एमाले र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

पछिल्लो मतपरिणामअनुसार एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ११ हजार ६१२ मत प्राप्त गरेका छन् ।

कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मतसहित भण्डारीलाई पछ्याइरहेका छन् । उनीहरूबीच २६७ मतको अन्तर छ ।

माओवादी केन्द्रका जनक बुढाले ३ हजार ८३१ मत प्राप्त गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका दिल बहादुर सिंहले २ हजार ५१४ मत पाएका छन् ।

बझाङको मतगणना अन्तिम चरणमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved