काठमाडौं। बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा वैशाख १३ गतेदेखि नाटक ‘ए आई’ को नियमित मञ्चन सुरु हुँदैछ।
वैशाख ३ गते एक शो मात्र मञ्चन गरिएको नाटकलाई वैशाख २२ गतेसम्म नियमित मञ्चन गर्न लागिएको थिएटरले जनाएको छ।
पवित्रा खड्काको निर्देशनमा तयार भएको नाटक ‘ए आई’ मा कलाकारहरुले संवादविहीन शरीरको भाषा र शारीरिक हाउभाउ मार्फत नै कथा भन्ने प्रयास गरेका छन्।
करिब ४५ मिनेट लामो नाटक ‘ए आई’मा सुबेक्षा पनेरु, विशाल पुलामी, विजय ढुङ्गेल, विष्णु श्रेष्ठ, जयप्रकाश ताजपुरिया, निरञ्जन मगर, राजु खतिवडा, रमन श्रेष्ठ, सुमन राई र सुषान्त दाहालको अभिनय रहेको छ।
नाटकमा संगीता उराँवको भेषभुसा, अनुप तिम्सिना र गोविन्द ओलीको सङ्गीत र प्रेम चन्द पाण्डेको प्रकाश संयोजन रहेको छ।
नाटक मंगलबारबाहेक हरेक साँझ ५:३० बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुनेछ।
Facebook Comment
Comment