मण्डला थिएटरमा ‘टिकट टु हलिउड’ (तस्वीरहरु)

मण्डला थिएटरमा ‘टिकट टु हलिउड’ (तस्वीरहरु)

काठमाडौं। पिलो प्लानरको प्रस्तुतिमा तयार भएको नाटक ‘टिकट टु हलिउड’ थापागाँउ स्थित मण्डला थिएटरको मण्डला स्टुडियोमा बैशाख ८ गतेदेखि मञ्चन भैरहेको छ।

रंगकर्मी सागर खाती कामीको कथा, परिकल्पना र निर्देशनमा तयार पारिएको नाटकमा युवाहरूको बढ्दो विदेसिने प्रवृतिलाई दुई पात्रकाे संघर्ष मार्फत कमेडी शैलीमा प्रस्तुत गरिएको छ।

‘टिकट टु हलिउड’ मा कलाकार मिलन कार्की र सुदीप खतिवडाको मुख्य भुमिकामा अभिनय रहेको छ।

बैशाख २३ गतेसम्म मञ्चन हुने नाटक सोमबार बाहेक प्रत्येक दिन साँझ ४ बजे मञ्चन हुनेछ। शुक्रबार, शनिबार र आइतबार भने राती ७:३० बजे अतिरिक्त सो पनि मञ्चन हुने निर्देशक खातीले जानकारी दिए।

तस्वीरहरू:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved