५ सय रुपैयाँ लिएर मुम्बइ पसेकी अभिनेत्री पटानी डेढ अर्बको मालिक

नेपालभ्युज

५ सय रुपैयाँ लिएर मुम्बइ पसेकी अभिनेत्री पटानी डेढ अर्बको मालिक

एजेन्सी । लक्ष्य र गन्तव्यमा अडिग हुने मानिसलाई केही समय दुख र सास्तीले अवरोध गरेपनि अन्तत सफलता मिलेरै छाड्छ । सफल हुनेहरुले सजिलै उपलब्धी हासिल गरेका छैनन् ।

यस्तै संघर्ष र बार बार मिल्ने अस्विकृतिले नै बलिउड नायिका दिसा पटानीलाई पनि अहिलेको उचाइ दिलाएको हो । यदि दिसा पटानीले पनि संघर्ष गर्न हार मानेकी थिइन् भने आज उनको यो सफलता सम्भव हुने थिएन ।

उतराखण्डबाट ५ सय रुपैयाँ लिएर बलिउडको रंगिन सपना पुरा गर्न मुम्बइ पसेकी पटानीले कयौं रात भोकै बिताएकी छन् ।

मध्यमवर्गीय राजपूत परिवारमा हुर्किएकी दिसालाई बलिउडमा स्थापित हुन पक्कै सजिलो थिएन । उनका कोही नातेदार समेत फिल्म क्षेत्रमा थिएनन् ।

तर, उनी भित्र बलिउड आकाशमा तारा बनेर चम्किने रहर भने एकदमै दृढ र जिद्दी थियो । यहि संकल्पकै कारण ५ सय रुपैयाँ लिएर मुम्बइ पसेकी दिसालाई नौलौ शहरमा टिक्न अनेक काम गर्नु पर्‍यो ।

कोठा भाडा र खाने खर्च जुटाउन उनले साना तिना काम गरिन् । तर मन भित्र जागेको अभिनयको भोकलाई कहिल्यै मर्न दिइनन् ।

उनले एक अन्र्तवार्तामा भनेकी छन् – डिसनका लागि जान्थें, प्रायजसो टिभी विज्ञापनहरूका लागि, किनकि ममाथि यो महिना जागिर नपाए भाडा कसरी तिर्ने भन्ने दबाब थियो ।

हारसँग नझुकी अनवरत संघर्ष गरेकी तिनै ५ सय रुपैयाँ बोकेर मुम्बइ पसेकी पटानी अहिले वार्षिक ६ करोड रुपैयाँ कमाउने भएकी छन् ।

उनीसँग अहिले १२ मिलियन डलर सम्पत्ती रहेको बताइन्छ ।

संघर्ष र अस्वीकृतिले भरिएको समयदेखि बक्स अफिसमा वर्षकै सबैभन्दा धेरै कमाउने फिल्मको अभिनेत्री बन्न सफल बनेकी दिसा पटानी सपना देख्नेहरुका लागि रोल मोडल हुन् ।

सन् २०१५ देखि बलिउडमा छाउन सुरु गरेकी पटानीका अहिलेसम्म १६ वटा फिल्म बजारमा आइसकेका छन् । म एस धोनी द अन्टोल्ड स्टोरी, बागी २ जस्ता हिट फिल्मले उनलाई व्यस्त सफल नायिकामा दर्ज गराइदिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved