शिल्पीमा ‘ए आई’ (तस्वीरहरू)

शिल्पीमा ‘ए आई’ (तस्वीरहरू)

काठमाडौं। नाटक भनेको संवाद बोल्नु र अभिनय गर्नु मात्र हैन। शारीरिक हाउभाउ मार्फत पनि दर्शकलाई कथा भन्न सकिन्छ । यही विषयवस्तु अन्तरगत रहेर बत्तिसपुतलीमा अवस्थित शिल्पी थिएटरले वैशाख ३ गते नाटक ए आई मञ्चन गरेको छ।

“Let your Body Tell a Story” अर्थात् शरीरद्वारा पनि कथा भन्न सकिन्छ। एक दशकदेखि सक्रिय रङ्गकर्मी पवित्रा खड्काको निर्देशनमा शिल्पीका प्रशिक्षार्थीहरुले एक्रोब्याटिक र योगा मार्फत संवादविहीन फिजिकल थिएटरमा ए आई मञ्चन गरिएको हो।

एकदिन एक शो मात्र मञ्चन भएको नाटकमा संगीता उराँवको भेषभुसा, अनुप तिम्सिना र गोविन्द ओलीको सङ्गीत र प्रेम चन्द पाण्डेको प्रकाश संयोजन रहेको थियो।

करिब ४५ मिनेट लामो नाटक ए आई मा सुबेक्षा पनेरु, विशाल पुलामी, विजय ढुङ्गेल, विष्णु श्रेष्ठ, जयप्रकाश ताजपुरिया, निरञ्जन मगर, राजु खतिवडा, रमन श्रेष्ठ, सुमन राई र सुषान्त दाहालको अभिनय रहेको थियो।

तस्वीरहरू:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved