निजी क्षेत्रको पहिलो फिल्म ‘माइतीघर’का अभिनेता सीपी लोहनीको निधन

नेपालभ्युज

निजी क्षेत्रको पहिलो फिल्म ‘माइतीघर’का अभिनेता सीपी लोहनीको निधन

काठमाडौं । ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी (चिदम्बरमप्रसाद लोहनी)को निधन भएको छ । उनको सोमबार १ः३० बजे ८६ वर्षको उमेरमा सोमबार निधन भएको चलचित्र कलाकार संघले जनाएको छ ।

‘माइतीघर’ फिल्म नेपालमा निजी क्षेत्रले निर्माण गरेको पहिलो फिल्म समेत हो । काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा लोहनीको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले बताए ।

उनी गायक समेत थिए । रेडियो नेपालमा केही गीत रेकर्ड गराका छन् । लोहनी ‘माइतीघर’ फिल्मका गायक समेत थिए । उनकी पत्नी पनि अभिनेत्री थिइन् । नेपालीसहित हिन्दी र बङ्गाली फिल्मकी चर्चित अभिनेतृ माला सिन्हा उनकी श्रीमती हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved