२७५ करोड भारुमा नेटफ्लिक्सले किन्यो ‘पुष्पा २’ को ओटीटी राइट, रिलिज नभइ कमायो १२ सय करोड

नेपालभ्युज

२७५ करोड भारुमा नेटफ्लिक्सले किन्यो ‘पुष्पा २’ को ओटीटी राइट, रिलिज नभइ कमायो १२ सय करोड

काठमाडौं । अल्लु अर्जुन स्टारर आगामी फिल्म ‘पुष्पा २ : द रुल’ले प्रि–रिलिजको समयमा १२ सय करोड कमाइ गरेको छ ।

१५ अगस्ट २०२४ मा रिलिज हुन लागेको ‘पुष्पा २’ को प्रि–रिलिज कलेक्सनको बारेमा जानकारी बाहिर आइरहेका छन् । फिल्मको हिन्दी डब संस्करणका लागि वितरण राइट २०० करोड भारुमा बिक्री भएको समाचार गत साता आएको थियो ।

निर्माताले दक्षिण भारतमा २७० करोड भारुमा वितरण राइट बिक्री गरेका छन् । अर्थात् रिलिज हुनुअघि नै कुल ५७० करोड भारुको सम्झौता भइसकेको छ ।

यसबाहेक, फिल्मको स्ट्रिमिङ राइट २७५ करोड भारुमा बिक्री भएको जनाइएको छ । ओटीटी प्लाटफर्म नेटफ्लिक्सले फिल्मको ओटीटी राइट खरिद गरेको जनाइएको छ ।
यससँगै अडियो र स्याटलाइट राइट्सको डिलको बारेमा पनि जानकारी दिइएको छ र निर्माताले ४५० करोड रुपैयाँ भारु कमाएको बताइएको छ ।

अभिनेता अल्लु अर्जुनले पारिश्रमिकमा धेरै गरेका छन् । यसअघि उनले १०० करोड भारु लिने गर्थे । अहिले पारिश्रमिक बढाएर १५० करोड भारु पु¥याएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved