कृति–करीनाको ‘क्रु’ बन्यो अहिलेसम्म धेरै कमाईं गर्ने महिला प्रधान फिल्म

नेपालभ्युज

कृति–करीनाको ‘क्रु’ बन्यो अहिलेसम्म धेरै कमाईं गर्ने महिला प्रधान फिल्म

एजेन्सी । २९ मार्चमा रिलीज भएको करीना कपूर, कृति सेनन र तब्बुको फिल्म ‘क्रु’ लाई दर्शकले एकदमै रुचाएको देखियो ।

तीन मूख्य अभिनेत्री भएको यस फिल्मको कथा र कलाकारको दमदार अभिनयले दर्शकलाई सिनेमाघरमा तान्न सफल भयो ।

अब यो फिल्मले छैठौं हप्तामा पुगिसक्दा अर्को उचाईं हासिल गरेको छ । कमाईको कुरा गर्दा यो फिल्मले १३ वर्ष अघि आएको विद्या बालनको फिल्म ‘द डर्टी पिक्चर’ लाई पछाडि छोडेको छ ।

विद्या बालन अभिनित ‘द डर्टी पिक्चर’ अहिलेसम्म भारतमा धेरै कमाई गर्ने महिला प्रधान फिल्म थियो तर, अब ‘क्रु’ ले यसलाई पछाडि छोड्दै उक्त स्थान हासिल गरेको छ ।

‘क्रु’ ले अहिलेसम्म कूल ८० करोड भारतीय रुपैयाँ कमाई गर्दै ‘द डर्टी पिक्चर’ लाई पछाडि छोडेको छ । अहिले पनि यसले राम्रै कमाई गरिरहेको छ ।

‘क्रु’ ले देशभरको बक्सअफिसका साथ विदेशमा पनि राम्रो कमाई गरेको छ । यो फिल्मले विदेशमा मात्र लगभग ३० करोड कमाई गर्न सफल भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved