बझाङको मतगणना अन्तिम चरणमा, भण्डारी ३४७ मतले अगाडि

नेपालभ्युज

बझाङको मतगणना अन्तिम चरणमा, भण्डारी ३४७ मतले अगाडि

काठमाडौं । बझाङ उपनिर्वाचनको मतगणनामा नेकपा एमालेले मतान्तर बढाउँदै लगेको छ ।

पछिल्लो मतपरिणामअनुसार एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ११ हजार २९६ मत प्राप्त गरेका छन् ।

कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले १० हजार ९४९ मतसहित भण्डारीलाई पछ्याइरहेका छन् । उनीहरूबीच ३४७ मतको अन्तर छ ।

माओवादी केन्द्रका जनक बुढाले ३ हजार ८०२ मत प्राप्त गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका दिल बहादुर सिंहले २ हजार ५१२ मत पाएका छन् ।

बझाङको मतगणना अन्तिम चरणमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved