आलेख

एकजना पनि अमेरिकी चाहँदैनन् बाइडन-ट्रम्पको पुनर्भिडन्त

बाइडन–ट्रम्पबीच पुनर्भिडन्त र कुनै एकको छनोटको अर्थ हुन्छ कि हामीले आफ्नो सोचमै ‘कन्सेसन’ गरिसक्यौं। मानौं कि अब हामी केही राम्रो गर्न सक्दैनौं भन्ने अनुभूतिमा पुगेका छौं वा राम्रो गर्ने प्रयत्न नै परित्याग गरिसक्यौं । आलेख ।

एकजना पनि अमेरिकी चाहँदैनन् बाइडन-ट्रम्पको पुनर्भिडन्त

जो बाइडन फेरि राष्ट्रपतीय चुनावको मैदानमा दौडिँदैछन् भन्ने कुराले कोही उत्साहित भएको कसैले सुन्नु-देख्नुभएको छ ? सन् २००८ का ओबामा–वृत्तका ऊर्जावान् बाइडनले हाम्रो राजनीतिक शरीर, हाम्रो अर्थतन्त्र, हाम्रो राष्ट्रियभाव धारा र हाम्रो संस्कृतिलाई थप ४ वर्ष कुनै उत्साह भर्न सक्लान् ?

अझ यथार्थवादी भएर भनौं त हामीबीच त्यस्तो एउटा पनि अमेरिकी भेटिएला ? यदि होइन भने त्यो मान्छे जसले आफूलाई फेरि स्वीकार्य बनाउनको लागि अनेक विस्तृत मानसिक नृत्य-चाल प्रदर्शन गरिरहेको छ, त्यसको गणना किन गर्ने ?

द टाइम्सको भर्खरैको रिपोर्टअनुसार बाइडनको चुनावी खर्च जुटाउने अभियानप्रति भुइँ तहको जारामा कुनै उत्साह प्रकट भएको छैन । त्यसको उल्टो धेरै जसो डमोक्र्याट्सले बाइडन-ट्रम्पबीचको अपरिहार्य पुनर्भिडन्तलाई ‘आसन्न विनास’ को रूपमा हेरेको पाइन्छ । यो त चमत्कारिक उपायको आशा गर्दै बर्बादीतिर दौडिएजस्तो हुन्छ ।

मैले प्रयोग गरेको बिम्ब लार्स भोन ट्रियरको सिनेमा ‘मेलाञ्चोलिया’ बाट लिएको हो । यस सिनेमामा एक बद्मास ग्रहले पृथ्वीसँग टक्कर अपरिहार्य हुनेगरी अन्तरिक्षमा आफ्नो बाटो बनाउँछ । फलतः एक अपरिहार्य विपति समग्र प्राकृतिक अवसादको कारण बन्दछ । यस्तो बेलाको अनुभूति अधिक निराशा र आतंकपूर्ण हुन्छ । यस्तो बेला यात हामी विपरित तिर सोझिएका हुन्छौं यात विपति हामीतिर सोझिएको हुन्छ ।

बाइडन–ट्रम्प दुई उम्मेदवारबीचको पुनर्भिडन्तमा कुनै एकको छनोट धेरै कारणले गर्दा शतप्रतिशत अनावश्यक हो । यो अर्को ४ वर्षको बर्बादी मात्र हो । ती कारण चाहे उनीहरूको उमेर, शारीरिक मानसिक स्वास्थ्य होस् वा ट्रम्पको जेल जाने सम्भावना ।

क्षणिक वा अलिक बढी नै आशावादी भएर हेर्दा बाइडन उत्तम देखिन सक्दछन । किनकि उनको कार्याकालमा मूल्य आधारित मापदण्डको र कामकाजी सरकारको फिर्ती र अन्तर्राष्ट्रिय साझेदाहरूसँगको सम्बन्ध पुनर्थापित भएको छ । उनले पद सम्हाल्दा सुस्त अर्थतन्त्र हात पाएका थिए, त्यो अहिले बलियो गरी अनुकूल भएको छ । उनी एक शालिन मानव हुन् ।

तर ट्रम्प प्रशासनकालमा यी सबै कुरा हदैसम्म गिरेका थिए । उनको शासनकाल एक निरन्तर कुव्यवस्थाको शिकार थियो । तर, हामीसँग विभाजित कांग्रेस र मतदाता छन्, जसको एक हिस्सा अझै पनि ट्रम्पको पागलपनको पक्षमा छ । संस्थाप्रतिको अमेरिकी विश्वास निरन्तर क्षीण हुँदै गइरहेको छ । सर्वोच्च अदालतबारे बाइडनले भने, “यो सामान्य अदालत हैन ।’ तर, उनको भनाइले पनि खासै अर्थ राखेको छैन । सन् २०२० पछिका जनप्रर्दशनले गरिब र अशक्तहरूको पक्षमा केही अर्थपूर्ण नीतिगत परिवर्तन अवश्य ल्याएको छ ।

बाइडन–ट्रम्पबीच पुनर्भिडन्त र कुनै एकको छनोटको अर्थ हुन्छ कि हामीले आफ्नो सोचमै ‘कन्सेसन’ गरिसक्यौं। मानौं कि अब हामी केही राम्रो गर्न सक्दैनौं भन्ने अनुभूतिमा पुगेका छौं वा राम्रो गर्ने प्रयत्न नै परित्याग गरिसक्यौं ।

बाइडनको पक्षमा पहिलो चरणमा पनि खासै ठूलो जोश थिएन । सन् २०२० को चुनाव डेमोक्र्याट्सका लागि एक राष्ट्रिय विभाजनको विजय थियो । तथापि ट्रम्पले सन् २०१६ को चुनावको तुलनामा गोरा पुरुषबाहेक महिला, ल्याटिनो र अश्वेतलगायत हरेक जनसांख्यिक समूहमा राम्रो प्रवेश गरेका थिए ।

सबै जसो डेमोक्र्याटस बाइडनको पक्षमा दौडिरहेजस्तो देखिन्थ्यो तर उनीहरूको दौड अनाक्रमक थियो । बाइडन पदमा पुगेपछि पनि उनीहरूको शिथिल भावनाले केही ऊर्जा पाएको थियो । यसपटक त्यस्तो राहतको सुविधा पनि छैन ।

राज्यका अन्य शाखामा डेमोक्र्याट्सले आफ्ना मान्छे लामो समयसम्म राख्ने जोखिम देखिएको छ । जस्तो कि न्यायलयमा रुथ बर्डर गिन्सवर्ग र विधायकीमा डियान फेइन्स्टाइन । डेमोक्र्याट्स र सञ्चार माध्यम दुवै बाइडनको बुढ्यौलीमा खतरा औल्याउन मुखरित देखिन्छन्। अप्रिलमा भएको एक सर्वेक्षणमा ७० प्रतिशत अमेरिकीले बाइडन फेरि दोहोरिनु नहुने तर्क गरेका थिए, ती मध्ये ६९ प्रतिशतले उमेरलाई नै कारण बताएका थिए ।

बाइडनको बुढ्यौली लुकिरहेको छैन, प्रष्टै देखिँदैछ । बाइडन कहिल्यै जादुगरी वक्ता वा चक्किला बुद्धिमान लाग्दैनन् । उनको वक्तृत्वकला भद्दा छ । केही हप्ता अघि निकाले वालेसका कोमल प्रश्नहरूको २० मिनेट उनले लिपापोती उत्तर दिएर टारेका थिए ।

भर्खरैको अर्को एक फरिद जकारियासँगको अन्तर्वार्तामा अमेरिकाको चीन नीतिबारे विशेष महत्त्वपूर्ण प्रश्नमा उनले निद्रा लाग्ने उत्तर दिएका थिए । उनी आफू उपराष्ट्रपति हुँदा राष्ट्रपति सि चिन फिङसँग गरेका भेट र भ्रमणजस्ता व्यक्तिगत कुरातिर मोडिएका थिए । उनलाई अझै मौका दिनुपर्ने हो कि पन्छाउने बेला भयो भन्ने प्रश्नमा उनले ‘म बाँकी काम पूरा गर्न चाहन्छु’ भनेका थिए ।

बाइडनले कार्यकालको बीचमै काम गर्न सकेनन् भने के हुन्छ ? अघिल्लो पटक यसको उत्तर थियो कि कमला ह्यारिसजस्तो आशाजनक व्यक्तित्व छन् । तर, उनको कार्यकालले पुष्टि गर्‍यो कि उनी त्यस्तो उत्कृष्ट क्षमता राख्दिनन् । बाइडनजस्तै उनी पनि निरन्तर शाब्दिक लडाइँ लडिरहेकी हुन्छिन् ।

उनको सोच बाहिर भइरहेका शाब्दिक लडाइँमा केन्द्रित छ । तर, ओभल अफिसका कार्यका उनको विचार उत्साहजनक लाग्दैन । अमेरिकामा व्याप्त निराशाको संकेत हो कि रोवर्ट केनेडी जुनियरजस्ता ‘दिवाना’ उम्मेदवारहरूको अनौठो स्वागत भइरहेको छ, जसले डेमोक्र्याट्समाझ २० प्रतिशत बढीको विध्वंसक समर्थन पाएका छन् । रिपब्लिन प्राइमरीमा ट्रम्पप्रतिको प्रारम्भिक रुझानका बाबजुद क्रिस क्रिस्टीजस्ता उम्मेदवारले कहिल्यै ट्रम्पियन रहेका मतदाताको समेत समर्थन पाउँदैन ।

अर्कोतिर वासिङगटनको एक गैरमुनाफामूलक संस्था नो लेवल्सले तेस्रो-पार्टी उम्मेदवारको पक्षमा मञ्च र वातावरण बनाउँदैछ जसले ४१ प्रतिशत डेमोक्र्याटिक उम्मेदवार समर्थन लिने दाबीसहित आधारहीन काठी कसिरहेको छ ।

नि:सन्देह ट्रम्प अमेरिकी स्वास्थ्यका लागि एक अन्तर्निहित जोखिम हुन् । सन् २०१६ मा पदमा आउँदा उनले विगत अनुभवको अभाव र भविष्यका संकेतको अस्पष्टताले गर्दा धेरै ठूला गल्तीहरू गरे । तर, यसपटक पनि उनी र उनको पागलपनपूर्ण फौज आफ्ना एजेण्डालाई समाजमा गहिरो गरी छिराउन सक्ने हैसियतमा सुसज्जित छ ।

द इकोनोमिष्टले भर्खरैको एक सम्पादकीयमा लेखेको छ—”अमेरिकाका प्रथम प्रियतावादीको एक समर्थक समूह ट्रम्प दोस्रो कार्यकालमा अनुशासित तवरले केही गरेरै छोडन् केन्द्रित हुनेछन् भनेर समर्पितभावले सुनिश्चिता गर्न खोज्दैछ ।”

ट्रम्प, एक खराब तर प्रतिस्पर्धी ट्रम्पले दोस्रो कार्यकाल जित्न सक्नेछन् भन्ने विचारले हाम्रो स्नायुलाई बाइडनप्रति अझ बढी शिथिल अंगालो कस्ने बनाउँछ । के हामी पछाडितिर हेर्दै छैनौं ? के हामी आफूले आफैँलाई आरोपित गर्दै छैनौं ?

हामी सन् २०२० जस्तै एकदमै खराब वर्षलाई पुनर्स्थापित गर्ने स्थितिमा छौं भनेर सोच्नु धेरै डेमोक्र्याट्स र अमेरिकीका लागि गाह्रो कुरा हो । तैपनि यस्तो लाग्छ कि हामी अमेरिकी यतिखेर कुनै न कुनै प्रकारको सामूहिक पक्षघातमा छौं । हामी केही हुन्छ कि भन्ने अलमलमा छौं । सन् २०२४ अघि नै ट्रम्पको गिरफ्तारी वा स्वास्थ्य संकट वा यस्तै केही अलौकिक घटनाको प्रतीक्षामा छौं ।

जब हामी यस्तो निस्क्रिय प्रतीक्षा गर्छाैं, हाम्रो इतिहास त्यसरी नै कार्यान्यवन हुने स्थितिको नजिक पुग्दछ । यतिखेर हाम्रो इतिहास खतरनाक ढंगले एक सन्तुलनमा झुन्डिएको छ ।

न्यूओर्क टाइम्सबाट अनुदित


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved