पशुपतिनाथ मन्दिरको जलहरी प्रकरण : मिलन थापासहित ३ जनाले पाए सफाइ

नेपालभ्युज

पशुपतिनाथ मन्दिरको जलहरी प्रकरण : मिलन थापासहित ३ जनाले पाए सफाइ

काठमाडौं । पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा  पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा. मिलन कुमार थापासहित ३ जनाले सफाइ पाएका छन् ।

मंगलबार विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठले सो प्रकरणमा उनीहरुलाई सफाइ दिने फैसला गरेका हुन् ।

सफाइ पाउनेमा थापासँगै डा. प्रदीप ढकाल र  अरुणकुमार श्रेष्ठ पनि रहेका छन् ।

पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापासहित पूर्व सदस्यसचिव ढकाल र विशेष नाइके श्रेष्ठविरुद्ध १ करोड १७ लाख रुपैयाँको बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

थापा यसअघि नै धरौटीमा रिहा भइसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved