कतारबाट फर्केका युवालाई अपहरण गरी सिनामंगलमा बन्धक, ४ लाख फिरौती माग्ने २ अपहरणकारी पक्राउ

अपराध अनुसन्धान कार्यालयले गरेको अपरेसनको क्रममा सप्तरीका सिकेन्द्र यादव बन्धक बनाएको अवस्थामा सिनामंगलमा फेला परेका थिए । उनी कतारबाट आएका थिए ।

नेपालभ्युज

कतारबाट फर्केका युवालाई अपहरण गरी सिनामंगलमा बन्धक, ४ लाख फिरौती माग्ने २ अपहरणकारी पक्राउ
घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन

काठमाडौं । कतारबाट फर्केका एक युवकलाई अपहरण गरी बन्धक बनाएको अवस्थामा उपत्यका अपराध अनुसन्धान कार्यालयले उद्दार गरेको छ ।

अपराध अनुसन्धान कार्यालयका प्रमुखमा सरुवा भएर आई हाजिर गरेको दिन एसएसपी सानुराम भट्टराईको नेतृत्वले घटनामा संलग्न २ जनालाई पक्राउ गरेको छ ।

अपराध अनुसन्धान कार्यालयले गरेको अपरेसनको क्रममा सप्तरीका सिकेन्द्र यादव बन्धक बनाएको अवस्थामा सिनामंगलमा फेला परेका थिए । उनी कतारबाट आएका थिए ।

प्रहरीले सिकेन्द्रलाई बन्धक बनाएको आरोपमा अजिम अली र एमडी सहनीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीहरुले सिकेन्द्रलाई ४ लाख ८० हजार रुपैयाँ माग गर्दै एउटा कोठामा बाँधेर राखेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी भट्टराईले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved