ललितपुरमा डढेलो : घाइते भएका एक जनाको मृत्यु

नेपालभ्युज

ललितपुरमा डढेलो : घाइते भएका एक जनाको मृत्यु

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेल जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ ।

ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार घाइते भएका शंकर पहरीको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो ।

मंगलबार दिउँसो डढेलो निभाउने क्रममा स्थानीय पहरीसहित रमेश पहरी पनि घाइते भएका थिए ।

ललितपुरको गोदावरी नगरपालिका– ६ आनन्द वनमा पनि डढेलो फैलिंदा कुष्ठरोग अस्पतालका बिरामी अन्यत्र सारिएको छ ।

अस्पतालमा उपचाररत करिब ९० बिरामीलाई बज्रवाराही प्राथमिक स्वास्थ्य सेवा केन्द्र र अरू स्वास्थ्य चौकीहरूमा सारिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved