कुनै जात विशेषलाई पहिचानको मुद्दा बनाइनु हुँदैन : ओली

नेपालभ्युज

कुनै जात विशेषलाई पहिचानको मुद्दा बनाइनु हुँदैन : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जात र थर विशेषलाई पहिचानको विषय बनाउन नहुने बताएका छन् ।

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार विजय भएपछि आयोजित सभामा बोल्दै उनले सो अडान राखेका हुन् ।

अध्यक्ष ओलीले कोशी प्रदेश नामाकरण गर्दा केही पनि नब्रिगिएको बताए । साझा नाम भएकाले कोशी प्रदेशको नामाकरण गर्दा केही पनि नबिग्रने ओलीको तर्क छ ।

कोशी प्रदेशको नामाकरणलाई लिएर कसैले पनि संवेनशील बन्नुपर्ने आवश्यकता नभएको उनले बताए ।

विगतमा पनि मेची, कोशी, कर्णाली, सेती, बागमती अञ्चलको नाम राखिएको उल्लेख गर्दै ओलीले त्यस्ता साझा नाममा असहमति राख्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे ।

साथै, अध्यक्ष ओलीले समृद्ध नेपालः सुखी नेपाली आम नेपालीको पहिचान भएको र त्यसलाई साकार पार्न एमाले लागि परेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved