स्थानीय तहसम्म पार्टी व्यवस्थित नभएकोले उपनिर्वाचनमा हार भयोः सचिव श्रेष्ठ

नेपालभ्युज

स्थानीय तहसम्म पार्टी व्यवस्थित नभएकोले उपनिर्वाचनमा हार भयोः सचिव श्रेष्ठ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सचिव जीवनराम श्रेष्ठले स्थानीय तहसम्म पार्टीको संगठन नहुनाले उपनिर्वाचनमा हार व्यहोर्नु परेको बताएका छन् ।

मंगलवार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव श्रेष्ठले पार्टीको स्थानीय तहको सबै ठाउँमा संगठन नहुनाले बझाङ र इलाममा भएको उपनिर्वाचनमा हार व्यहोर्नु परेको बताएका हुन् । उनले पार्टीको अवस्था अनुसार निर्वाचन मत परिणाम धेरै फरक भएको रुपमा आफूहरुले नलिएको बताए । उनले पार्टीको हार हुनुमा संगठन सँगसँगै राष्ट्रिय राजनीतिक परिस्थिति र सत्ता समिकरण पनि जिम्मेवार रहेको बताए ।

उनले भने,  ‘जुनखालको मत परिणामहरु छ । त्यसमा हामी अहिले पार्टी निर्माणको अभियानमा छौँ । विगतमा हामी गठबन्धनको माध्यमबाट निर्वाचनमा गएका थियौँ । हामी भर्खरै विद्रोह गरेर स्थापना भएका पार्टी भएको हुनाले हाम्रो पार्टी स्थानीय तहसम्म सबै ठाउँमा व्यवस्थित भएको अवस्थाहरु छैन । कतिपय हामीले अपेक्षा गरेको भन्दा फरक खालका परिणामहरु आएका छन् ।’

उनले स्थानीय तहमा पार्टी निर्माण गर्ने कुरामा केन्द्रित भएको भए अहिलेको जस्तो अवस्था नहुने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved