टी-२० विश्वकपका लागि भारतीय टोलीको घोषणा, गिल रिजर्भमा

नेपालभ्युज

टी-२० विश्वकपका लागि भारतीय टोलीको घोषणा, गिल रिजर्भमा

काठमाडौं । भारतले टी–२० विश्वकपका लागि टोली घोषणा गरेको छ ।

मंगलबार भारतीय क्रिकेट चयनकर्ताले विश्वकपका लागि टोली घोषणा गरेका हुन् । टोलीमा ऋषभ पन्तले पुनरागमन गरेका छन् ।

साथै, शिवम दुबे र विकेटकिपर ब्याट्सम्यान सञ्जु सामसनले पनि टोलीमा स्थान पाएका छन् । र, स्पिनर युजवेन्द्र चहल टोलीमा फर्किएका छन् ।

टीम इन्डिया-

रोहित शर्मा (कप्तान), हार्दिक पाण्डेय (उपकप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, सञ्जु सामसन, शिवम दुबे, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, मोहम्मद सिराज र जसप्रित बुमराह।

यसबाहेक युवा ब्याटर शुभमन गिल, रिंकु सिंह, खलील अहमद र आवेश खानलाई रिजर्भमा राखिएको छ ।

 

यो पनि पढ्नुहोस :

नेपालको समूहमा रहेको दक्षिण अफ्रिकाले गर्‍यो विश्वकपका लागि टिमको घोषणा 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved