पुरानो घरमा ‘ट्युवेल’ को कथा (तस्वीरहरू)

पुरानो घरमा ‘ट्युवेल’ को कथा (तस्वीरहरू)

काठमाडौ। भोजपुरी लवज र भेषभुषा सहित काठमाडौको सिनामंगलमा रहेको ‘पुरानो घर’ नाटक घरमा नाटक ‘ट्युवेल’ मञ्चन भइरहेको छ।

यही असार १५ गतेदेखि नियमित मञ्चन भइरहेको नाटक ‘ट्युवेल’ मा नेपालको तराई क्षेत्रका किसानहरुले भोगिरहेका सिँचाइ सम्बन्धि विगत र वर्तमानका समस्याहरुलाई उजागर गर्न खोजिएको छ।

२०५६ सालतिरको तराईको सिँचाइ सम्बन्धि कथा समेटिएको नाटक, रोसन सुबेदीको परिकल्पना तथा निर्देशनमा तयार भएको हो। ‘ट्युवेल’ मा निशा दाहाल, अरविन्दकुमार मौर्य, भुवन लुहार, श्रवण यादव, राजिव चौधरी, कुन्दन थारु, रोहित रजक लगायतका कलाकारहरुले अभिनय गरेका छन्।

साउन १५ गते सम्म मञ्चन हुने नाटक बुधबार बाहेक हरेक दिन साँझ ५:१५ बजे मञ्चन हुँदैछ। शनिबार दिउँसो भने १ बजे अतिरिक्त शो मञ्चन हुनेछ। तस्वीरहरू:-

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved