सरस्वतीनगर हत्या प्रकरण:

अभियुक्तको बयान- ‘सिक्री लुटेर भाग्दा चिच्याइन्, अनि चक्कु रोपेर मारेँ’

सुरुमा नीराको हत्या नै गर्ने उद्देश्य नभए पनि लुटपाट गर्दा नीराले प्रतिकार गर्दै चिच्याएपछि चक्कु प्रहार गरेको अभियुक्तले बताएका छन्। प्रहरीले नीराको सुनको सिक्री पनि बरामद गरिसकेको बताइएको छ।

नेपालभ्युज

अभियुक्तको बयान- ‘सिक्री लुटेर भाग्दा चिच्याइन्, अनि चक्कु रोपेर मारेँ’

काठमाडौं। ७ वैशाखमा काठमाडौंको सरस्वतीनगरमा भएको नीरा पाण्डे आचार्यको हत्या लुटपाटकै उद्देश्यबाट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हत्यामा संलग्न आशंका गरिएका विनोद विकको प्रारम्भिक बयानका आधारमा प्रहरी सो निश्कर्षमा पुगेको हो।

शनिबार साँझ झापाबाट पक्राउ परेका विनोद विकले लुटपाटकै उद्देश्य रहेको खुलाएका अनुसन्धानमा खटिएका एक अधिकारीले बताए। सुरूमा निराको हत्या नै गर्ने उद्देश्य नभए पनि लुटपाट गर्दा नीराले प्रतिकार गर्दै चिच्याएपछि चक्कु प्रहार गरेको अभियुक्तले बताएका छन्। प्रहरीले नीराको सुनको सिक्री पनि बरामद गरिसकेको बताइएको छ।

ती अधिकारीले भने,‘‘पक्राउ परेका व्यक्तिले आफ्नो अपराध गरेको स्विकारेका छन्। लुटपाटको उद्देश्य मात्रै रहेको बताएका छन्। बाँकी कुरा खुल्दै जाला।’’

क्राइम सिन : मध्य शहरमा नीरालाई छुरा हानेर मार्दा छिमेकीले कसरी थाहा पाएनन् ?

हत्या भएको ९ दिनपछि शुक्रबार राति मात्रै शंकास्पद व्यक्ति फेला परेका थिए। विनोदलाई झापामा रहेका साथीको कोठामा लुकिबसेको अवस्थामा पक्राउ परेका हुन्।

त्यसलगत्तै प्रहरीले विनोद बस्दै आएको काठमाडौँस्थित कोठामा छापामारी हत्याको समयमा प्रयोग भएको कपडा र अन्य केही प्रमाण बरामद गरेको छ।

काठमाडौँबाट भागेर झापा पुगेका विकलाई प्रहरीले झापा नै पुगेर पक्राउ गरेको छ। विनोदको काठमाडौंको डेराबाट प्रहरीले रगत लागेको कपडासमेत बरामद गरेको प्रहरी स्रोतको दाबी छ।

सरस्वतीनगर हत्या प्रकरण: ठमेलको नाइट क्लबका बाउन्सर झापाबाट पक्राउ

आमा खोज्दै रुन्छिन् नीराकी नाबालिका छोरी, कसले देला वात्सल्यताको न्यानो काख

रहस्यमय बन्दै नीराको हत्या, न्याय माग्दै आफन्त आन्दोलित

सडकमा सीसीक्यामरा नहुँदा नीराका अपराधीको ‘क्लु’ पाउन प्रहरीलाई मुस्किल (भिडिओ)

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved