सरस्वतीनगर हत्या प्रकरण:

रहस्यमय बन्दै नीराको हत्या, न्याय माग्दै आफन्त आन्दोलित (फोटोहरू)

काठमाडौंकाे कपनस्थित सरस्वतीनगरमा ७ वैशाखमा भाँडा व्यवसायीको चक्कु प्रहारबाट भएको हत्या प्रकरणमा अनुसन्धानमा ढिलाइ भएको भन्दै पीडित परिवार र आफन्तले आफन्तले दबाब दिएकाछन्।

रहस्यमय बन्दै नीराको हत्या, न्याय माग्दै आफन्त आन्दोलित (फोटोहरू)

काठमाडौं। काठमाडौंकाे कपनस्थित सरस्वतीनगरमा ७ वैशाखमा भाँडा व्यवसायीको चक्कु प्रहारबाट भएको हत्या प्रकरणमा अनुसन्धानमा ढिलाइ भएको भन्दै पीडित परिवार र आफन्तले आफन्तले दबाब दिएका छन्।

नीरा पाण्डे आचार्य हत्या घटनाका दोषीको अझै पहिचान हुन सकेको छैन।

पसलमा बसिरहेका बेला ३५ वर्षीया नीरा पाण्डे आचार्यको गुहार माग्न पनि नपाई हत्या भएको थियो।
दोषी पत्ता नलाग्दा स्थानीयवासी आक्रोशित हुन थालेका छन्।

क्राइम सिन : मध्य शहरमा नीरालाई छुरा हानेर मार्दा छिमेकीले कसरी थाहा पाएनन् ?

यता प्रहरीले सबै कोणबाट अनुसन्धान जारी रहेको बताइरहँदा पनि अपराधको साँघुरो घेरातर्फ अझै जान सकेको देखिँदैन। सोमबारदेखि आफन्तहरूले घटनास्थलमा धर्ना थालेका छन्।

हेरौँ, मंगलबारको धर्नाका केही तस्वीरहरू।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved