‘लु’ लाग्दा शरीरमा देखिने लक्षण

नेपालभ्युज

‘लु’ लाग्दा शरीरमा देखिने लक्षण

एजेन्सी । लामो समयसम्म गर्मी भइरहँदा ‘लु’ लाग्ने सम्भावना हुन्छ । ‘लु’ ले शरीरमा असर गर्दा विभिन्न लक्षण देखिन्छन् । जसबाट तपाईंले लु लागेको अनुमान गर्न सक्नुहुन्छ ।

लु लाग्दा पेटमा गडबडी र वान्ता आउने समस्या हुन्छ । लुको कारणले पेट खराब पनि हुने गर्छ ।

लु लाग्दा तपाईंको अनुहार रातो हुन थाल्छ । यसले गर्दा डन्डीफोर र अन्य घाउ, फोकाहरु अनुहारमा आउने गर्छन् ।

लु लाग्दा तपाईंको टाउको दुख्न पनि सक्छ । साथमा यो माइग्रेनको कारण पनि बन्न सक्छ । टाउको दुखाईबाट बच्न प्रसस्त पानी पिउनुहोस् ।

ज्वरो आउनु पनि लु लाग्नुको एउटा संकेत हो । शरीरको तापक्रम १०० डिग्रीभन्दा धेरै भइरहेको छ भने लु लाग्ने संकेत हुन सक्छ ।

लु लागेको अवस्थामा व्यक्तिले तीव्र गतिमा स्वास लिने गर्छ । तपाईंलाई पनि यस्तो लक्षण देखिएको छ भने तुरुन्त डाक्टरको सल्लाह लिनुहोस् ।

लु बाट बच्नका लागि अत्यधिक मात्रामा पानी पिउनुहोस् । खुकुलो कपडा लगाउनुहोस् र धेरै काम गर्नबाट पनि बच्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved