बीएलसी ग्रुप र भारतको योट्टाबीच डाटा सेन्टर स्थापनाको लागि समझदारी

नेपालभ्युज

बीएलसी ग्रुप र भारतको योट्टाबीच डाटा सेन्टर स्थापनाको लागि समझदारी

काठमाडौं । बीएलसी ग्रुप नेपाल र योट्टा डेटा सर्भिस इन्डियाबीच नेपालमा डेटा सेन्टर स्थापनाको लागि समझदारीमा हस्ताक्षर भएको छ । डेटा सेन्टर, क्लाउन सर्भिसेस र आर्टिफिसियल इन्टेलिजेन्स सेवा को लागि दुई पक्षीय सम्झौता भएको हो ।

योट्टा डेटा सेन्टरका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ता र बीएलसी ग्रुपकी निर्देशक मेगा चौधरीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

बीएलसीकी प्रबन्ध निर्देशक मेघा चौधरीले आफूहरूले आईसीटी इकोसिस्टमको सिर्जना गर्दै गरेको खुलाएकी छिन् । जसले स्थानीय र विश्वव्यापीस्तरको विकासलाई बाटो देखाउँछ ।

उनले भनिन्, ‘हाम्रो यस पहलमा ग्लोबल हाइपर–स्केलर र एआई-एमएल विकासको लागि डिजाइन गरिएको अत्याधुनिक डाटा सेन्टर छ । यसले निर्माणदेखि उच्च प्रविधिमा रोजगारी सिर्जना गर्ने, नेपालको श्रम शक्तिलाई सबल बनाउने र हामीलाई विश्वव्यापी प्रविधिको प्रमुख खेलाडीको रूपमा स्थापित गर्नेछ ।’

उनी योट्टासँगको साझेदारी फलदायी हुने बताउँछिन् । आफ्नो भनाई राख्दै योट्टा डाटा सर्भिसेजका सीईओ सुनील गुप्ताले आफूहरू एक उच्च स्तरीय डाटा सेन्टर स्थापना गर्न तयार रहेको बताए ।

उनले भने ‘हामी यस क्षेत्रमा एक उच्च स्तरीय डाटा सेन्टर स्थापना गर्न तयार छौँ, यो रणनीतिक सहकार्यले हाम्रो महत्त्वपूर्ण बजार पहुँच मात्र विस्तार मात्र नभएर अत्याधुनिक प्रविधिहरू प्रदान गर्नसमेत सक्षम बनाउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved