लगानी सम्मेलनले उत्साह छाएको सेयर बजार, १४ दशमलव ३३ अंकले लाग्यो उकालो

नेपालभ्युज

लगानी सम्मेलनले उत्साह छाएको सेयर बजार, १४ दशमलव ३३ अंकले लाग्यो उकालो
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज नेप्से परिसूचक १४ दशमलव ३३ अंकले बढेर १९८० दशमलव २७ को विन्दुमा पुगेको छ ।

आज ३०८ कम्पनीका ४८ हजार १ सय ८३ पटकको कारोबारमा ६८ लाख ७८ हजार १ सय ५९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने २ अर्ब ६८ करोड २५ लाख ८६  हजार ९ सय ५५ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ६२ अंकले बढेर ३५० दशमलव ८० को विन्दुमा पुगेको छ ।
आइतबार फाइनान्स कम्पनीहरूमा लगानीकर्ता झुम्मिएका छन् भने सबैभन्दा कम कारोबार म्युचुअल फण्डहरुको भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved