सरस्वतीनगर हत्या प्रकरण:

सडकमा सीसीक्यामरा नहुँदा निराका अपराधीको ‘क्लु’ पाउन प्रहरीलाई मुस्किल (भिडिओ)

अनुसन्धानका क्रममा केही तथ्यहरू फेला परे पनि घटनासँग जोडिइनसकेको अधिकृतहरूको भनाइ छ। प्रहरीका अनुसार पसलमा सीसीटीभी क्यामरा थिएन। छेउछाउमा भएका क्यामरामा पनि पसल देखिन्थेनन्।

नेपालभ्युज

सडकमा सीसीक्यामरा नहुँदा निराका अपराधीको ‘क्लु’ पाउन प्रहरीलाई मुस्किल (भिडिओ)

काठमाडौं। काठमाडौंको कपनस्थित सरस्वतीनगरमा भाँडा व्यवसायी नीरा पाण्डे आचार्य हत्या घटनाको ६ दिन पुग्दा पनि प्रहरीले अपराधीको विषयमा क्लु नपाउँदा घटना रहस्यम बनेको छ। गत बिहीबार पसलमा बसिरहेका बेला ३५ वर्षीय नीराको गुहार माग्न पनि नपाई हत्या भएको थियो।

दोषी पत्ता नलाग्दा पीडित आफन्त तथा स्थानीयवासी आक्रोशित हुन थालेका छन्। सोमबारदेखि आफन्तहरूले घटनास्थलमा धर्ना थालेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ। सबै कोणबाट अनुसन्धान जारी रहेको प्रहरीले बताइरहँदा पनि अपराधको साँघुरो घेरातर्फ अझै जान सकेको देखिँदैन।

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञहरूका अनुसार नीराको पेट र घाँटीभन्दा तलको भागमा कम्तीमा १५ भन्दा बढी पटक जथाभाबी छुरा प्रहार गरिएको देखिएको थियो।

‘एकदमै क्रुर र अमानवीय तरिकाले हत्या भएको देखिएको छ’, काठमाडौं प्रहरीका एक अधिकृत भन्छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की उपलब्ध क्लोज सर्किट (सीसी) क्यामरा फुटेज लगायतका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको बताउँछन्।

क्राइम सिन : मध्य शहरमा नीरालाई छुरा हानेर मार्दा छिमेकीले कसरी थाहा पाएनन् ?

अनुसन्धानका क्रममा केही तथ्यहरू फेला परे पनि घटनासँग जोडिइनसकेको अधिकृतहरूको भनाइ छ। प्रहरीका अनुसार पसलमा सीसीटीभी क्यामरा थिएन। छेउछाउमा भएका क्यामरामा पनि पसल देखिन्थेनन्।

भाँडा पसलमा सिसी क्यामरासमेत नभएको र सडकका क्यामेराले नभेटेको प्रहरीले बताएको छ। प्रहरीले आसपास क्षेत्रमा रहेका सिसी क्यामेराका फुटेजबाट समेत अनुसन्धान गरिरहेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली घटनाका विषयमा गहिरो अनुसन्धान जारी रहेको र अहिलेसम्म सम्भावित आशङ्का र सम्भावनाहरूमाथि अनुसन्धान जारी रहेको बाउँछन्।

उनले कर्तव्य ज्यान अन्य आर्थिक अपराध जस्तो नहुने उल्लेख गर्दै अहिले यही कारण हो भन्न नसकिने बताए। यसरी भएको थियो घटना त्यस दिन नीरा पसलमा एक्लै थिए। भाँडा पसलको पछाडि अलि भित्र काउन्टर छ। प्रायः पसलमा ग्राहक नआएका बेला उनी त्यतै बस्थे। यही बेला नै एकान्तको छेको पारेर उनीमाथि आक्रमण भएको थियो। पसलको अघिल्लो भागमा छिमेकीले देख्ने भएकाले भित्र गएका बेला पारेर नै आक्रमण भएको प्रहरीको अनुमान छ।

 भिडि‌‌ओ-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved