अशोक राई नेतृत्वको जसपाले प्रधानमन्त्रीलाई दियो २ मन्त्री र १ राज्यमन्त्रीको नाम

नेपालभ्युज

अशोक राई नेतृत्वको जसपाले प्रधानमन्त्रीलाई दियो २ मन्त्री र १ राज्यमन्त्रीको नाम

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारमा थप दुई मन्त्री र एक राज्यमन्त्री पठाएको छ ।

पार्टी महासचिव मो इश्तियाक राईका अनुसार सचिव प्रदीप यादव र रञ्जु झालाई मन्त्री र सांसद हसिना खानलाई राज्यमन्त्री बनाउन लागिएको हो ।

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सोमबार राजीनामा दिएपछि उक्त मन्त्रालय खाली भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदीप यादवलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मा दिने तयारी गरेका छन् ।

खानलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिने टुङ्गो लागेको ती पदाधिकारीले बताए । झाको मन्त्रालय भने टुङ्गो लागेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved