सरस्वतीनगर हत्या प्रकरण: ठमेलको नाइट क्लबका बाउन्सर झापाबाट पक्राउ

छिर्केमिर्के कपडा लगाएको हुलियामा देखिएका युवालाई प्रहरीले खोजी गरिरहेको थियो। घटना हुनुभन्दा केही दिनअघिदेखि ती व्यक्ति नीराको पसल वरपरको निगरानी गरिरहेका देखिन्थे। उनी ठमेलको एक नाइट क्लबमा बाउन्सर काम गर्दै आएकाछन्।

नेपालभ्युज

सरस्वतीनगर हत्या प्रकरण: ठमेलको नाइट क्लबका बाउन्सर झापाबाट पक्राउ

काठमाडौं। काठमाडौंको सरस्वतीनगरकी भाँडा पसल सञ्चालक नीरा पाण्डे आचार्यको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक जना शंकाष्पद व्यक्तिलाई पक्राउ गरेको छ। आचार्यको हत्या गरेको आरोपमा प्रहरीले झापाका विनोद विकलाई पक्राउ गरेको हो।

हत्यालगतै सीसीटीभी फुटेज र स्थानीयबाट पाएको जानकारीको आधारमा ती व्यक्तिलाई प्रहरीले खोजी गरिरहेको थियो। छिर्केमिर्के कपडा लगाएको हुलियामा देखिएका युवालाई प्रहरीले खोजी गरिरहेको थियो। घटना हुनुभन्दा केही दिनअघिदेखि ती व्यक्ति निराको पसल वरपरको निगरानी गरिरहेका देखिन्थे। उनी झापा धुलाबारीका हुन्। उनी ठमेलका एक नाइट क्लबका बाउन्सर हुन्।

७ वैशाखमा आफ्नै भाँडा पसलभित्रै अन्धाधुन्ध चक्कु प्रहारबाट बागलुङ बढिगाड गाउँपालिकाकी ३५ वर्षीय नीराकाे हत्या भएको थियो। मातातिर्थ औँशीको दिन दिउँसो ३ बजेतिर आचार्यले सञ्चालन गर्दै आएको भाँडा पसलकै काउन्टरमा उनको घाँटी तथा शरीरका विभिन्न भागमा चक्कु प्रहार गरेर हत्या गरिएको थियो।

क्राइम सिन : मध्य शहरमा नीरालाई छुरा हानेर मार्दा छिमेकीले कसरी थाहा पाएनन् ?

घटना भएको एक साता बढी भइरहेको छ। पीडित परिवारका आफन्तले भने हत्यारा छिटो पत्ता लगाउन प्रहरीलाई दबाब दिइरहेका छन्। नीराका आफन्तले नीराको हत्या भएको पसलअगाडि नै धर्नासमेत दिइरहेका छन्।

हत्याकाण्डबारे अनुसन्धान गर्न ११ सदस्यीय छानबिन समिति गठन भएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) का एआइजी किरण बज्राचार्यको नेतृत्वमा को नेतृत्वमा समिति गठन गरिएको हो।

आमा खोज्दै रुन्छिन् नीराकी नाबालिका छोरी, कसले देला वात्सल्यताको न्यानो काख

रहस्यमय बन्दै नीराको हत्या, न्याय माग्दै आफन्त आन्दोलित

सडकमा सीसीक्यामरा नहुँदा नीराका अपराधीको ‘क्लु’ पाउन प्रहरीलाई मुस्किल (भिडिओ)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved