मानव अधिकार रक्षाको दायित्व पूरा गरौँ : गृह तथा सञ्चारमन्त्री साह

मानव अधिकार रक्षाको दायित्व पूरा गरौँ : गृह तथा सञ्चारमन्त्री साह

जनकपुुरधाम । मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले मानव अधिकारको रक्षाका लागि सबै पक्षले आ–आफ्नो कर्तव्य एवं दायित्व इमानदारीपूर्वक पालना गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

७४औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय जनकपुुरधामले आइतबार आयोजना गरेको कार्यक्रममा उनले मानव अधिकारको सवालमा मधेस प्रदेश सरकार गम्भीर एवं सजग भएको बताए । मन्त्री साहले मानव अधिकारको मूलभूत मान्यता तथा सिद्धान्तको पालना गर्न सबै पक्षसँग प्रदेश सरकार हातेमालो गरी अघि बढ्न चाहेको बताए।

‘सबैको लागि मर्यादा, स्वतन्त्रता र न्याय’ सम्बन्धी मूल नारासहित आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेतासमेत रहेका मन्त्री साहले सत्यनिरुपण तथा मेलमिलाप आयोगले सरकारलाई बुझाएको प्रतिवेदन कतिको कार्यान्वयन भयो वा भएन त्यसको समीक्षा गर्न जरुरी रहेको बताए।

नवनिर्वाचित प्रदेशसभाका सदस्य शारदादेवी थापाले मानव अधिकारको स्थापनाका लागि अधिकारसँगै कर्तव्यको ख्याल गर्न जरुरी रहेको बताए । जनता समाजवादी पार्टी नेपालका नवनिर्वाचित प्रदेशसभाका सदस्य रामअशिष यादवले मानव अधिकारको रक्षाका लागि मानव अधिकार रक्षाको अग्रपङ्क्ति रहने मानव अधिकारकर्मी तथा पत्रकारहरूको सुरक्षा आवश्यक भएको बताए ।

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले मानव अधिकारको रक्षाबिना मुलुकको विकास तथा समृद्धि एवं जनचाहना पूरा गर्न कठिन हुने बताउँदै जनकपुरधाम उपमहानगरपालिकालाई मानव अधिकारमैत्री नगर बनाउने पक्षमा आफू रहेको बताए ।

राष्ट्रिय मानव अधिकार आयोगका मधेस प्रदेशका कार्यालय प्रमुख मञ्जु खतिवडाले मुलुकको समृद्धि र विकासका लागि मानव अधिकारको अवस्था राम्रो हुन जरुरी रहेको बताइन् । उनले कुनै समाज र देशको मानव अधिकारको अवस्था हेरेर त्यहाँको शान्ति र सुशासनको मूल्याङ्कन गरिने बताईन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved