श्रम सम्बन्धी विवाद स्थानीय तहमै समाधान हुनपर्छ : अध्यक्ष ढकाल

नेपालभ्युज

श्रम सम्बन्धी विवाद स्थानीय तहमै समाधान हुनपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रम सम्बन्धी विवादहरू स्थानीय तहमा नै समाधान हुनु महत्त्वपूर्ण रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय श्रम दिवसको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले केन्द्र तथा प्रदेशहरूमा श्रम सल्लाहकार परिषद् गठन हुनु, स्थानीय श्रम सम्बन्धी विवादहरू स्थानीय तहमा नै दुई पक्षीय र आवश्यक परेको अवस्थामा, त्रिपक्षीय संवादका माध्यमबाट समाधान खोज्ने व्यवहारमा विकास हुनुले पनि श्रम विवादका घटनाहरूमा निकै कम भएको बताए ।

नेपालमा पनि सामाजिक संवादमार्फत श्रम सम्बन्धी समस्याको समाधान गर्ने विषयले थप महत्त्व पाउँदै गएको उनका भनाई छ ।

‘गएका पाँच सात वर्ष यता श्रम सम्बन्धले नयाँ मोड लिएको कुरा हामीले अनुभव गरेका छौँ। फलस्वरुप केन्द्र तथा प्रदेशहरूमा श्रम सल्लाहकार परिषद् गठन हुनु, स्थानीय श्रम सम्बन्धी विवादहरू स्थानीय तहमा नै दुई पक्षीय र आवश्यक परेको अवस्थामा, त्रिपक्षीय संवादका माध्यमबाट समाधान खोज्ने व्यवहारमा विकास हुनुले पनि श्रम विवादका घटनाहरूमा निकै कम आएको हामीले महसुस गरेका छौँ।’ अध्यक्ष ढकालले भने ।

अध्यक्ष ढकालले आगामी दिनमा आउने समस्या समाधानका लागि रोजगारदाता र श्रमिक मिलेर जानुको विकल्प नरहेको जिकिर गरे ।

उनले लगानी सम्मेलनको एजेण्डालाई सबै राजनीतिक दल र नेताहरुले निजी क्षेत्रको लगानी र विकास बढाउने ऐक्यबद्धता गरेको भन्दै आगामी दिनमा आर्थिक क्रियाकलाप बढाउने र रोजगारी सिर्जना गर्ने ढोका खोलेको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved