नेपालको ब्याटिङ संकटमा, १०० रन नबनाउँदै गुमायो ५ विकेट

नेपालभ्युज

नेपालको ब्याटिङ संकटमा, १०० रन नबनाउँदै गुमायो ५ विकेट

काठमाडौं। वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालको ब्याटिङ संकटमा देखिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले १०० रन पूरा नबनाउँदै ५ विकेट गुमाएको हो।

१२.१ ओभरमा कुशल मल्ल २० रनमा आउट भए। त्यसअघि १० ओभरको अन्तिम बलमा लोकेश बम २८ रनमा आउट भए।

यसअघि आरिफ शेख, अनिल साह १४ र विनोद भण्डारी १९ रनमा आउट भएका हुन्।

नेपालले १३ ओभरमा ५ विकेटको क्षतिमा १०० रन बनाएको छ।

वेस्ट इन्डिज ‘ए’ ले दिएको २२८ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved