डढेलो निभाउँदा ज्यान गएका परिवारलाई गोदावरी पालिकाले ५\५ लाख दिने

नेपालभ्युज

डढेलो निभाउँदा ज्यान गएका परिवारलाई गोदावरी पालिकाले ५\५ लाख दिने

काठमाडौं । डढेलो निभाउने क्रममा मृत्यु भएका दुई जनाको परिवारलाई ललितपुरको गोदावरी नगरपालिकाले जनही ५ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

गोदावरी वनमा सल्केको डढेलो नियन्त्रण गर्ने क्रममा गोदावरी नगरपालिका–४ बडिखेलका शंकर पहरी र रमेश पहरी घाइते भएका थिए ।

उपचारको क्रममा दुवै जनाको मृत्यु भएको छ । नगरपालिकाले राहतस्वरूप जनही ५ लाख रुपैयाँ दिने निर्णय गरेको जनाएको छ ।

नगरपालिकाले बुधबार शोक व्यक्त जारी गर्दै कार्यपालिकाको आकस्मिक बैठकबाट मृतकको परिवारलाई ५\५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको उल्लेख छ ।

अहिले सबैजसो वडाहरूमा भीषण डढेलो लागेको छ । डढेलो नियन्त्रणका सबै उपाय अपनाउँदा पनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन ।

डढेलो नियन्त्रणका लागि नगर प्रहरी, नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी, अग्नि नियन्त्रक र ललितपुर महानगरपालिकाको दमकल प्रयोग भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved