चैतमा बढ्यो घरजग्गा कारोबार, गत वर्षको तुलनामा २.२४ प्रतिशतले वृद्धि 

नेपालभ्युज

चैतमा बढ्यो घरजग्गा कारोबार, गत वर्षको तुलनामा २.२४ प्रतिशतले वृद्धि 

काठमाडौं । चैत महिनामा घरजग्गा कारोबार केही बढेको छ । गत वर्षको तुलनामा चैतमा घरजग्गा कारोबार २ दशमलव २४ प्रतिशतले बढेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको हो ।

विभागका अनुसार गत चैत महिनामा मात्रै देशभर ५० हजार २५२ वटा घरजग्गा खरिदबिक्री भएका छन् । यो गत आवको चैत महिनाको तुलनामा भने २ दशमलव २४ प्रतिशत मात्रै बढी हो ।

गत वर्षको चैत महिनामा देशभरका मालपोत कार्यालय मार्फत ४९ हजार १५० वटा घरजग्गा खरिदबिक्री भएका थिए । घरजग्गा किनबेच केही बढेता पनि अपार्टमेन्ट खरिदबिक्रीमा भने सुस्तता नै छ ।

चालु आवको ९ महिनामा देशभरका शहरहरुमा २५७ वटा बहुतले अपार्टमेन्ट किनबेच भएको विभागले जनाएको छ । तर, यो गत आवको चैतसम्मको तुलनामा भने १२ वटा कम खरिदबिक्री भएको छ । गत वर्षको चैतसम्ममा २६९ वटा अपार्टमेन्ट किनबेच भएको थियो ।

विभागका अनुसार औसतमा मासिक २८ वटा अपार्टमेन्टको लिखत पारित हुने गरेको देखिन्छ । विभागका अनुसार चालु आवको पहिलो महिना अर्थात् साउनमा ३० वटा, भदौमा ४५ वटा, असोजमा ३८, कात्तिकमा २२, मंसिरमा २२, पुसमा २८, माघमा २५ र फागुन महिनामा २९ वटा अपार्टमेन्ट किनबेच भएको थियो ।

विभागका अनुसार गत चैत महिनामा भने १८ वटा मात्रै अपार्टमेन्ट किनबेच भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved