पोर्चुगललाई हराउँदै मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा

नेपालभ्युज

पोर्चुगललाई हराउँदै मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं। पोर्चुगललाई हराउँदै मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ। अलथुमामा रंगशालमा शनिबार राति भएको खेलमा मोरक्कोले पोर्चुगललाई १–० गोल अन्तरले पराजित गरेको हो।

जितसँगै मोरक्को सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ। उपाधि दावेदार पोर्चुगल भने प्रतियोगिताबाट बाहिरिएको छ ।

मोरक्कोको लागि युसेफ एन-नेसिरीले निर्णायक गोल गरे। खेलको ४२ औँ मिनेटमा युसेफको हेडर गोलले मोरक्कोले खेलमा अग्रता लियो।

मोरक्को हावी भएको खेलमा पोर्चुगलको अत्याधिक प्रयासले पनि बल गोलमा परिणत हुन सकेन।

पोर्चुगलको लागि १९६ औँ खेल खेल्दै सर्वाधिक खेल खेल्ने खेलाडी बनेका रोनाल्डोले यसपटक पनि पोर्चुगललाई विश्वकपमा उपाधि जिताउन सकेनन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved