नेपालले वेष्ट इण्डिजसँग आज पहिलो मैत्रीपूर्ण टी–२० खेल्दै

नेपालभ्युज

नेपालले वेष्ट इण्डिजसँग आज पहिलो मैत्रीपूर्ण टी–२० खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार वेष्ट इण्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रिपूर्ण टी–२० प्रतियोगिता खेल्दै छ ।

खेल दिउँसो सवा १२ बजे कीर्तिपुरस्थित मैदानमा हुनेछ । नेपाल र वेष्ट इण्डिजबीच पाँच खेल टी–२० खेलको शृङ्खला खेल्ने तय भएको छ । दोस्रो खेल आइतबार, तेस्रो मे १, चौथो मे २ र पाँचौँ मे ४ तारिखमा हुनेछ ।

श्रृंखलाका सबै खेल कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

क्यानले वेष्ट इण्डिज ‘ए’ विरुद्धको शृङ्खलाका लागि बिहीबार १६ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । शुक्रबार चार सदस्य थपिएका छन् ।

आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो अभ्यास खेल खेल्न लागिएको हो । वेष्ट इण्डिजको टोली नेपाल भ्रमणमा आएको यो पहिलो पटक हो । नेपालसँगै वेष्ट इण्डिजले पनि आगामी टी–२० विश्वकप खेल्दै छ ।

आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेष्ट इण्डिजमा आयोजना हुँदैछ । आगामी आईसीसी टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved