टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की, के भन्यो वेस्ट इन्डिजले ?

नेपालभ्युज

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की, के भन्यो वेस्ट इन्डिजले ?

काठमाडौं । पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आईएस खोरासानले आईसीसी टी–२० विश्वकपको समयमा आतङ्ककारी हमला गर्ने धम्की दिएको छ ।

दैनिक भास्करका अनुसार मध्य अमेरिकी देश त्रिनिदाद र टोबागोका प्रधानमन्त्री किथ राउलीले आतंकवादी संगठन आईएसले वेस्ट इन्डिजमा समावेश देशसहित अन्यलाई भिडियो सन्देश पठाउँदै हमला गर्ने धम्की आएको जानकारी दिएका छन् ।

टी-२० विश्वकप जुन २ देखि २९ सम्म वेस्ट इन्डिज र अमेरिकामा हुँदैछ ।

आतंकवादी संगठनले धम्कीमा के भन्यो ?
इस्लामिक स्टेट समर्थक मिडियाले धेरै देशहरूलाई खेलकुद कार्यक्रमहरूमा हिंसाको धम्की दिएको छ।

आईएस खोरासानको अफगानिस्तान-पाकिस्तान शाखाले प्रचार च्यानल नसीर-ए-पाकिस्तानमार्फत् भिडियो सन्देश जारी गरेको छ। जसमा ती देशहरूमा आक्रमण भए समर्थन गर्न समर्थकहरूलाई अपील गरिएको छ।

के भन्यो वेस्ट इन्डिज सरकार र क्रिकेट बोर्ड ?
क्रिकेट वेस्ट इन्डिजका सीईओ जोनी ग्रेभ्सले क्रिक बजले सम्भावित खतरासँग सामना गर्न तयार रहेको बताएका छन् ।

‘हामी सुरक्षा अधिकारीहरूसँग नजिकबाट काम गरिरहेका छौं। हामी सुनिश्चित गर्नेछौं कि आयोजक देशहरू र सहरहरू विश्वकपमा निरन्तर निगरानीमा छन् र हामी कुनै पनि सम्भावित खतरासँग सामना गर्न तयार छौं।’ बजले भने ।

विश्वकपका खेलहरू कहाँ हुँदैछन् ?
वेस्ट इन्डिजमा विश्वकपका खेलहरू एन्टिगुवा र बार्बुडा, बार्बाडोस, गुयाना, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट, ग्रेनाडाइन्स, ट्रिनिडाड र टोबागोमा हुनेछन् ।

र, अमेरिकाको फ्लोरिडा, न्यूयोर्क र टेक्सास सहरमा खेल हुनेछन् ।

रिपोर्टका अनुसार अमेरिकामा जारी विश्वकपका क्रममा आक्रमणको खतराबारे अहिलेसम्म कुनै जानकारी आएको छैन ।

टी–२० विश्वकप २०२४ मा समूह, नकआउट र फाइनल गरी कुल ५५ खेल खेलाइनेछन् । जसमध्ये ३९ खेल वेस्ट इन्डिजमा र १६ वटा अमेरिकामा हुनेछन् ।

नकआउट र फाइनलका सबै खेल वेस्ट इन्डिजमा हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved