आईपीएलमा बेङ्लोरसँग हैदरावाद ३५ रनले पराजित

नेपालभ्युज

आईपीएलमा बेङ्लोरसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैङ्लोर बिजयी भएको छ । सनराइजर्स हैदराबाद ३५ रनले बेङ्लोरसँग पराजित भएको हो ।

२ सय ७ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७१ रन बनायो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बेङ्लोरले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो । बेङ्लोरका रजत पाटीदारले २० बलमा २ चौका र ५ छक्कासहित सर्वाधिक ५० रन बनाए । विराट कोहली ४३ बलमा ४ चौका र १ छक्कासहित ५१ रनमा आउट भए ।

हैदराबादका जयदेव उनादकटले ३, टि नटरजानले २, प्याट कमिन्स र मयंक मारकण्डेले १÷१ विकेट लिए । बेङ्लोर ९ खेलमा २ मा जितसहित ४ अंकका साथ पुछारमा छ ।

हैदराबाद ९ खेलमा ५ मा जितका साथ तेस्रो स्थानमा छ । राजस्थान ८ खेलमा ७ खेल जितेर १४ अंकका साथ शीर्ष स्थानमा छ । कोलकाता ७ खेलमा १० अंकका साथ दोस्रो स्थानमा छ ।

आईपीएलमा आज कोलकाता नाइट राइडर्स र पञ्जाव किंग्स खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved