काठमाडौं । वेष्ट इण्डिज ‘ए’विरुद्ध टी–२० सिरिज खेल्ने नेपाली टोलीमा चार सदस्य थपिएका छन् ।
क्यानले थप गरेका खेलाडीमा विनोद भण्डारी, सागर ढकाल, कमल सिंह ऐरी र लोकेश बम छन्।
आयरल्याण्ड ‘ए’विरुद्ध भएको सिरिजका क्रममा उत्कृष्ट प्रदर्शन गरेको आधारमा उनीहरुलाई टोलीमा समावेश गरिएको हो ।
यसअघि क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको थियो ।
वेष्ट इण्डिज ‘ए’ र नेपालबीचको पहिलो खेल टीयु क्रिकेट मैदानमा वैशाख १५ गते हुनेछ । वैशाख १६ मा दोस्रो, १९ गते तेस्रो, २० गते चौथो र २२ गते अन्तिम खेल हुनेछ ।
नेपाली टोली-
रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुल्शन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द, विनोद भण्डारी, सागर ढकाल, कमल सिंह ऐरी र लोकेश बम ।
Facebook Comment
Comment