नेपाल र वेस्टइन्डिज ‘ए’बीचको टी–२० क्रिकेट खेलको ईन्टरनेट पार्टनरमा डिशहोम 

नेपालभ्युज

नेपाल र वेस्टइन्डिज ‘ए’बीचको टी–२० क्रिकेट खेलको ईन्टरनेट पार्टनरमा डिशहोम 

काठमाडौं । नेपाल र वेस्टइन्डिज ‘ए’बीचको ऐतिहासिक टी–२० क्रिकेट सिरिजमा डिशहोम फाइबरनेट प्रायोजक रहेको छ । डिशहोम फाइबरनेट ‘पावर्डबाई पार्टनरको’ रूपमा जोडिएको हो ।

कान्तिपुर टेलिभिजन यचडी, कान्तिपुर म्याक्स र कान्तिपुरको डिजिटल प्लेटफर्मबाट प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल र वेस्टइन्डिजबीचको पाँच खेलको टी–२० सिरिज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबारदेखि सुरु हुँदै छ ।

नेपाल र वेस्टइन्डिज दुवै टिम आउँदो टी २० क्रिकेट विश्वकप खेल्न लागेका पनि यो सिरिज निकै नै महत्त्वपूर्ण रहेको छ । वेस्ट इन्डिज ‘ए’ ले नेपालसँग खेल्ने ५ खेलको सिरिज अन्तर्गत पहिलो खेल शनिवार हुनेछ ।

दोस्रो खेल वैशाख १६ मा, तेस्रो खेल १९ वैशाख, चौथो खेल २० वैशाख र अन्तिम तथा पाँचौँ खेल २२ वैशाखमा हुनेछ । सबै खेल मध्यान्ह १२ बजेपछि सुरु हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved