मैत्रीपूर्ण खेलमा बङ्गलादेशको टोलीसँग आयोजक एनएफपिजे पराजित (तस्वीरसहित)

नेपालभ्युज

मैत्रीपूर्ण खेलमा बङ्गलादेशको टोलीसँग आयोजक एनएफपिजे पराजित (तस्वीरसहित)

काठमाडौं । राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८१ को अवसरमा एनएफपिजे नेपालले आयोजना गरेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बङ्गलादेशको नारायणगंज क्लब विजयी भएको छ।

राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सञ्चालित मैत्रीपूर्ण खेलमा बङ्गलादेशले आयोजक नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई ५–३ गोलले पराजित गरेको हो। खेलमा बङ्गलादेशको तर्फबाट जाकिर हुसेन सहिमले ३ र मेहन्दी हसन तोपुले २ गोल गरे भने नेपालबाट सुमन लिम्बुले २ र दिवाकर शेनले एक गोल फर्काए।

एनएफपिजे का अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारिता दिवसको अवसरमा खेलकुदको माध्यमबाट छिमेकी राष्ट्रहरूसँगको आपसी सम्बन्ध बलियो बनाउँदै लैजाने उद्देश्यले मैत्रीपूर्ण फुटबल आयोजना गरिएको जानकारी दिए। मैत्रीपूर्ण फुटबल खेलमा ललितपुर महानगरपालिका र गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ को पनि साथ र सहयोग रहेको थियो।

खेलका केही तस्वीरहरु:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved