आगलागीबाट ११ चौपाया जलेर नष्ट

नेपालभ्युज

आगलागीबाट ११ चौपाया जलेर नष्ट
सांकेतिक तस्वीर।

काठमाडौं। रौतहटको पूर्वी भेग दुर्गाभगवती गाउँपालिकामा गए राती एक घरमा भएको आगलागीमा परेर एक दर्जन चौपाया जलेर नष्ट भएका छ। आगलागीबाट लाखौँको क्षति भएको छ।

दुर्गा भगवती गाउँपालिका ४ पचरुखीका लक्ष्मण महतोको घरमा गए राती ११ बजे आगलागी भएको थियो। आगलागीबाट गोठमा रहेको एउटा भैँसी, १० वटा ,खसी बाख्रा, केही काठ, धान, गहुँ, लत्ताकपडा जलेको तथा घरमा पनि पूर्ण रुपमा क्षति भएको पीडित परिवारले जनाएका छन्।

लामखुट्टे धपाउन बालिएको घुपबाट सल्किएर भएको आगलागी बाट १० लाख रूपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको स्थानीय सञ्चारकर्मी प्रभात कुमार झाले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved